Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन गरिएको देउवाको भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ११ २०८०
  • 3.7K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको प्रष्ट पार्नु भएको छ ।

नेपाली कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई पुतलीबजारमा सम्बोधन गर्दै सभापति देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभइ बाध्यता भएको बताउनु भएको हो । संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नदेखिएको उहाँले बताउनु भयो । बहुमत पु¥याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ थियो ।

पार्टीको इतिहासलाई सम्झेर यसलाई अझै बलियो बनाउने गरी अगाडि बढ्न सभापति देउवाले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले कांग्रेस सिद्धियो, सिद्धियो भन्ने गरेको भए पनि आफूले जस्ताको तस्तै देखेको टिप्पणी गर्नुभयो ।

उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले एकताबद्ध भएर अगाडि बढ्न, थोरै बोल्न र जनताको धेरै काम गर्न आग्रह गर्नुभयो । उहाँले पार्टी सभापति देउवा थोरै बोलेर पनि काम धेरै गर्ने भएकाले उहाँबाट सिक्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४