Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जडीबुटीको गेष्ट हाउसमा बसेका थिए अदालतबाट हतकडीसहित भागेका खड्का


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १९ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका ठगीका आरोपी गेष्ट हाउसबाट पक्राउ परेका छन् । बुधबार अदालतबाट भागेका सिन्धुपाल्चोकको बाह्रबिसे २ का ३२ वर्षीय कमल खड्का आज बिहान जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट पक्राउ परेका हुन् ।

भक्तपुरको दुवाकोट बस्दै आएका उनलाई थुनछेक बहस गराउन प्रहरी वृत्त महाराजगन्जका प्रहरी वरिष्ठ हवल्दार इन्द्रबहादुर सिंजालीले अदालत लगेका थिए । त्यसक्रममा बुधबार दिउँसो साढे १ बजे उनी अदालत परिसरबाट हतकडीसहित भागेका थिए । उनको खोजीका लागि वृत्त प्रमुख अमरबहादुर थापा क्षेत्री र प्रहरी परिसरको संयुक्त टोली परिचालन भएको थियो ।

गेष्ट हाउसमा बसिरहेको अवस्थामा प्रहरीले खड्कालाई फेला पारेको हो । खड्काले लगाएको हतकडी र थुनुवा ज्याकेट दुवाकोटमा रहेको उनको कोठाको डस्टबिनमा भेटिएको थियो । सस्तोमा डलर साट्ने भन्दै उनले ठगी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४