पुष्कर खड्का
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका –२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलिले काठमाडौंको सामाखुसिबाट पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको प्रलोभन देखाई अधिकारीले
मासिक ३ लाख ५० हजार भन्दा धेरै तलब हुन्छ भनि विश्वास दिलाई ३० लाख लाग्ने भन्दै पीडितबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
