Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १२ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्दिय कार्यालय सानेपामा शुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने पार्टीले जनाएको छ ।

साथै बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आन्तरिक समिक्षा गर्ने र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन गरिने बताइएको छ ।

गत मंसिर २९ गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको थियो ।

यसअघि नेपाली कांग्रेसले महासमितिको बैठक २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४