Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपा लिगमा इंग्लीश टोलीहरुको जगजगी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २९ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । इंग्लीश टोलीहरु लिभरपुल, वेष्ट ह्याम युनाइटेड र ब्राइटन युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेका छन् ।

तीनवटै टोली आ–आफ्नो समुहमा विजेता बन्दै अर्को चरणमा उक्लिएका हुन् । समुह ‘ए’ को अन्तिम खेलमा जर्मनीको फ्राइबर्गलाई २–० ले हराउँदै वेष्ट ह्याम समुह विजेता बन्यो । समुहमा ६ खेलबाट वेष्टह्यामले १५ अंक जोड्दा १२ अंकसहित फ्राइबर्ग दोस्रो स्थानमा रह्यो ।

उता समुह ‘बि’ मा फ्रान्सको मार्सेलाई १–० ले हराउँदै इंग्लीश टोली ब्राइटन पनि राउण्ड अफ सिक्सटिनमा पुग्यो । ६ खेलबाट ब्राइटनले १३ अंक जोड्दा १२ अंक जोडेको मार्सेले राउण्ड अफ सिक्स्टिनमा पुग्न प्ले अफ् खेल्नुपर्ने भएको छ ।

यसैगरि समुह ‘ई’ मा १२ अंकसहित विजेता बनेको लिभरपुलले पनि नकआउट चरणमा स्थान बनायो । इंग्लीश टोलीहरु वेष्ट ह्याम युनाइटेड, ब्राइटन र लिभरपुलबाहेक स्कटल्याण्डको रेन्जर्स, इटालीको एटलान्टा, स्पेनको भियारियाल, जर्मनीको बायर लिभरकुजेन र चेक गणतन्त्रको स्लाभिया प्राग पनि समुह विजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगे ।

युरोपा लिगमा आठवटा समुहको विजेता टोली सिधै राउण्ड अफ सिक्सटिनमा पुग्ने व्यवस्था छ भने दोस्रो स्थानमा रहने आठ टोलीले च्याम्पियन्स लिगको समुह चरणमा तेस्रो हुने टोलीसँग प्ले अफ् खेल्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४