Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरले सहयोग गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २५ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ ।

आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्याउन गाह्रो’ शीर्षकमा राष्ट्रिय समाचार समितिमा प्रकाशित समाचारको प्रभावले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषय महानगरको छलफलमा पुग्ने भएको हो ।

काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

उनले भने, ‘देवघाटबाट सुन्तला आयात गर्दा विचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि नगरप्रमुखसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।

अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिए । विचौलियाबिना किसानका सुन्तला काठमाडौँ आउनुपर्ने उनको भनाइ थियो ।

‘देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी रु पाँच गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ’, अधिकारीले भने ।

प्राङ्गारिक सुन्तला काठमाडौँवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले राससमा प्रकाशित समाचार पढेपछि फोनमार्फत कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले यहाँ उत्पादित सुन्तलालाई बजार र अनुदानको व्यवस्था गर्ने विषय बोर्ड बैठकमा छलफल गरिने जानकारी दिएको बताए ।

उनले भने, ‘समाचारले गाउँपालिकाको मुख्य उत्पादनलाई प्रोत्साहन मिलेको छ । महानगरले छलफलमा लगेकाले यहाँका किसानसँगै सबै खुसी भएका छौँ । हामीले यस क्षेत्रको बाटो सहज बनाउने पहलमा लागिरहेका छौँ ।’

तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यस स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बजारसम्म पु¥धाउन बाटोका कारण सकस हुने गरेको छ । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् ।

पालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको अध्यक्ष थापाले जानकारी दिए । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको उनको भनाइ थियो ।

यहाँका ग्रामीण क्षेत्र, सडक तथा पुलको अभाव, भरियामार्फत ढुवानी गर्नुपर्नेलगायत कारणले बजारसम्म पु¥धाउन समस्या हुने गरेको थापाले जानकारी दिए । यहाँ उत्पादित सुन्तला सिधै काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकको भनाइ छ ।

देवघाट–३ छापश्वरा लुम्रिङका किसान कर्णसिंह राना लामो समयदेखि सुन्तला खेती गर्दै आएका छन् । उनले यहाँ उत्पादन राम्रो भए पनि बजारसम्म पु¥धाउन बाटो र पुलको अभाव, भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्नेलगायत कारणले बजारीकरणमा समस्या हुने गरेको बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले किसानलाई सहयोग पुग्ने गरी महानगरले गरेको सूचना पाउँदा खुसी लागेको बताए । उनका अनुसार समाचारले यहाँका किसानलाई हौसला दिनुका साथै बजारीकरणमा सहयोग पुग्ने विषयले हर्षित बनाएको छ ।

अहिले सुन्तला पुर्याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेवल पुलको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौँ पठाउने गरेका किसान बताउँछन् ।

सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नु परेको किसान नवराजले बताए ।

‘केही किसानले मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्’, उनले भने, ‘छापस्वारा दगराका कृषकले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।’

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पु¥याउने गरिएको नवराजले सुनाए । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीको लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको उनले जानकारी दिए ।

उत्पादित सुन्तलालगायत खाद्यान्न ल्याउन तथा लैजान मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै भएको किसान बताउँछन् । ढुवानी समस्याकै कारण करोडौँको सुन्तला बजारसम्म पु¥धाउन सास्ती हुने गरेको सुन्तला कृषक रानाले बताए ।

देवघाटका वडा नं १, २, ३ र ४ का विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । विगतमा यहाँका किसानले बारीबाटै डोकोमा बोकेर नारायणगढलाई बजार क्षेत्र बनाएका थिए । नदीमाथि पुल नहुँदा राजमार्गसम्म किसानको सिधै पहुँच पुगेको छैन ।

पहुँच अभावका कारण यहाँका किसानले विचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म बजार विस्तार गर्न बाध्य छन् । सडक सञ्चाल विस्तारसँगै पुल र बाटो नहुँदा यहाँका स्थानीयले उचित फल भने पाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४