Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागूऔषध कारोबारमा महिलाको संख्या बढ्दो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २२ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । लागू औषध कारोबारमा महिला बढी प्रयोग हुने गरेको निष्कर्ष नेपाल प्रहरीको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको देखिएको हो ।

लागुऔषध कारोबार र प्रयोगमा महिला फस्नुमा पारिवारिक, आर्थिक र सामाजिक कारण रहेको तथा उनीहरु छिटो प्रलोभनमा फस्ने भएकाले पनि लागुऔषध ओसार पसार तथा कारोबारमा बढी प्रयोग गरेको पाइएको लागुऔषध नियन्त्रण ब्युरोको ठहर रहेको छ । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाका अनुसार घर परिवारबाट दिइने सँस्कारको अभाव, आर्थिक समस्या तथा संगतले महिला लागूपदार्थको धन्दामा फस्ने क्रम बढको हो ।

लागू औषध नियन्त्रण ब्युरोले उपलब्ध गराएको ५ वर्षीय तथ्यांक अनुसार २०७६ सालमा लागूपदार्थ प्रयोगकर्ताको संख्या १ लाख ३० हजार रहेको र यसमा महिलाको संख्या ८ हजार ७ सय तथा पुरुषको सख्या एक लाख २१ हजार रहेको छ । लागुऔषध बेचबिखन तथा सेवन नियन्त्रणका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले कलेज र विद्यालयमा गएर चेतनामुलक कार्यक्रमहरुलाई समेटेर कार्ययोजना बनाएको पनि थपलिया बताउनु हुन्छ ।

लागुऔषध दुव्र्यसनीलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो भएकाले दुव्र्यसनी महिलाहरू बाहिर एक्सपोज हुन नचाहँदा पनि उनीहरूको तथ्यांक कम देखिएको हुनसक्ने प्रहरीको आँकलन छ । युवा युवतीलाई यस्तो कुलतमा फस्नबाट जोगाउन सरकारले युवा वर्ग लक्षित कार्यक्रम ल्याउनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४