Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १८ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । देशमा संकट, महामारी वा विपत्ति आउँछ, तव उत्तरतर्फ र दक्षिण सिमाबाट व्यवसायीक कारोबार गर्ने तस्कर ब्यापारीहरूको चलखेलमा एकाएक बृद्धि हुने गरेको छ । अस्थिरताको मौकालाई स्वर्णयुगका रुपमा प्रयोग गरी द्रब्यलाभ गर्दै आएको शिल्क ग्रुप अन्र्तगतको ‘शिल्क ट्रान्सपोर्ट’ नामको कम्पनीद्वारा तातोपानी भन्सार नाका बन्द हुदाँ समेत अबैधधन्दा गर्दा समेत सरकारले सो बारे कुनै चासो नदिएका कारण अहिले अबैध सुनको आयात सोही ग्रुपले गर्दै आएको भेटिएको छ ।

चीनको ‘मुसा लजिस्टिक ट्रान्सपोर्ट’ नामक कम्पनीसंगको सम्झौतामा नेपालमा शिल्क ग्रुपले अबैध सुन कहिले रासायनिक मलको आयातको नाममा त कहिले लसुन आयातको नाममा सुन आयात गर्दै आएको सो ग्रुपसंग निकट रहेका व्यवसायीहरुहले बताएका छन् । अबैध रकम खर्चेर नेपालको शक्ती केन्द्रको दुरुपयोग गरी अबैध सामानको आयात गर्दा समेत सरकारी निकायको चासो अझै गएको छैन । जसका कारण देशले ठूलो आर्थिक नोक्सनी भोग्नु परेको छ ।

सरकारले २०७६ चैत ११ देखि देशमा लकडाउन लगायो । तर सो लकडाउनमा समेत तातोपानी नाकाबाट अबैधरुपमा सो ग्रुपले ‘लसुन’ को नाममा ‘सुन’ नेपाल भित्राएपछि रातारात शक्ती केन्द्रबाट लुकाईयो । रातको समयमा अत्याबश्यक बस्तुको सूचीमा लसुन राखी सुन सहितका ट्रकहरू सशस्त्र र नेपाल प्रहरीले स्कटिङ गरी काठमाडौं पठाएको बताएपनि सो बारे छानविन र अनुसन्धान अहिलेसम्म गर्ने आँट गर्न सरकारले सकेन ।

अति आवश्यक सामानमात्र ल्याउन पाउने भएपनि भोटेकोशी गाउँपालिका वडा नम्बर ४ का तत्कालिन वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी भन्सार कार्यालयमा पेश गरेको ज्ञापनपत्रका आधारमा अनुमति दिई सुन नेपाल भित्राएको पाईएको थियो । तत्कालिन भन्सार प्रमुख लालबहादुर खत्रीसंगकै सेटिङमा सो अबैधधन्दा खुलाआम चलाएपनि कारबाही भने अहिलेसम्म हुन सकेको छैन । शिल्क ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पाले ट्रकका ट्रक सामान भित्राउदै आएपनि अहिलेपनि ती ट्रकको चेकजाँच नगरि तयारी कागजातका अनुसार भन्सार प्रज्ञापन पत्र दिई छुटाउदै आएको छ ।

चिनियाँ कम्पनी ‘मुसा’ भन्ने र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको शिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट अबैध सामानको ओसारप्रसार हुदै आएको बताइएको छ । तातोपानी नाकाबाट यसअघि अरु कन्टेनरहरूले पनि सामान ढुवानी गर्दै आएकोमा रमेश शेर्पाले सिल्क ट्रान्सपोर्ट मार्फत् सिन्डिकेट खडा गरी एकाधिकार कायम गरेपछि पटक पटक विवाद हुदाँ पनि सो कम्पनीमाथी सरकारले अनुसन्धान गर्ने आँट गरेको छैन ।

नेकपा एमालेका नेता तथा बाह्रविसे नगरपालिकाका तत्कालिन मेयर निमफुञ्जो शेर्पाको भान्जा भएका कै कारण उनलाई एमाले संरक्षण दिएको आरोप समेत लागेको छ । बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिदै आएको छ । स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहहरू चेकजाँचसमेत नगरि छुटाउदै आएको छ । सिल्क ट्रान्सपोर्टका कन्टेनरमा अवैध सामान, सुन समेत ठूलो परिमाणमा काठमाडौंमा ल्याई सिधै भारत लैजाने गरिएको छ ।

केही समयअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका तत्कालिन मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जाको हैशियतमा अबैधधन्दा चलाउदै आएपनि पछिल्लो समयमा सो अबैधधन्दाको संरक्षण नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरेको आरोप समेत लागेको छ ।

अबैध सामानको आयात गरेपछि सो बाट आएको रकमको मोटो थैली मन्त्री बस्नेतलाई बुझाउने सर्तमा सो धन्दा रमेशले चलाउदै आएको आरोप अहिले एमालेकै एक स्थानीय नेताले नाम नबताउने सर्तमा लगाएका छन् । सो अबैधन्दालाई ढाकछोप गर्न र केही पत्रकारलाई खुशी बनाउनका लागि भनेर आफु नेपाल पत्रकार महासंघको सदस्य भएको परिचय दिने निरोज चौलागाई नाम गरेका व्यक्तीलाई जिम्मा दिएको समेत ती एमालेका नेताले बताए ।

ती नेताले भने,‘गएको दशैमा १ लाख रुपैयाँ रमेश शेर्पासंग लिएर सिन्धुपाल्चोक, काभ्रे र काठमाडौका पत्रकारलाई ३ हजारदेखि १० हजार रुपैयाँका दरमा शिल्क ग्रुपको नराम्रो समाचार नलेख्न र समर्थनको मात्र समाचार लेख्न भन्दै दिए ।’ यसैगरी, तिहार र तिहार पछि भने झोलामा ज्याकेट बोकेर पत्रकारहरुलाई वितरण गर्दै नराम्रो समाचार नलेख्न र समर्थनको मात्र लेख्नु भन्दै आग्रह समेत गरेको एक पत्रकारले बताए । अबैधधन्दामा लागेको रमेशका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्दै आएका थिए ।

देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार भएको स्रोतको दाबी छ । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्विमिङ पुलसहितको अत्याधुनिक बंगला बनाएका छन् ।

ती सम्पत्तीको स्रोत भने शेर्पाले दिन सकेका छैनन् । घरमा भूमिगत गोदाम समेत राखेको शंका उनी निकट व्यवसायीहरुले गरेका छन् । हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाई उन्मुक्ति पाएइका थिए ।

बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेको भेटिएको छ । तिनै मोहन श्रेष्ठले लिपिङ हाइड्रोपावरमा ६ करोड लगानीसमेत गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिम रिभर हाइड्रोमा १० करोडको शेयर लगानी गरेका शेर्पासंग सो लगानीको स्रोत समेत खुलेको छैन । चीनबाट भारत सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परि सकेको छ ।

नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा उनै रमेशकै नाम जोडिदै आएको छ । उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ । पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए ।

उता नेपालमा भिनाजुका दाई पर्ने साइँला भनेर चिनिने व्यक्ति ६ किलो सुनसहित समातिएका थिए । यसरी पटकपटक पक्राउ परेको सिल्क ट्रान्सपोर्टको नाममा सुन लगायतका अवैध सामान निर्वाध ढुवानी हुन थालेपछि केन्द्रीय प्रहरी ब्यूरो (सिआई) मा समेत उजुरी परेपनि सो बारे छानविन अझै भएको छैन ।

स्थानीय ब्यक्तिहरुले सिआईबीमा पुगेर सो कम्प्नीमाथी अनुसन्धानका साथै छानविन गरी कारबाही गर्ने माग राख्दै उजुरी दिएको बताएपनि सो उजुरीका बारेमा सिआईबीले कुनै चासो नदिएको पीडित पक्षले बताएका छन् । पटक पटक सुन कारोवारमा संलग्न पाईएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत हुने गरेको छ ।

यी सामानहरु तिव्वतमामात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर आउने ब्यसायीहरु बताउँछन् । सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतको सिलगुढीमा रमेशका भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए । त्यस्तै काठमाडौंको महाबौद्धमा उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए ।

उनीहरु तीन महिना जेल बसेर निस्किएका व्यक्ति हुन । यसरी पटकपटक विवादमा मुछिएका व्यक्तिको कम्पनीमाथी सरकारी निकायले अहिलेसम्म कुनैपनि अनुसन्धान र अनुगमन नगरी उन्मुक्ति दिएको आरोप समेत सरकारी निकायमाथी लागेको छ । यसरी सो ग्रुपद्वारा अबैधरुपमा सामान आयात निर्यात गरेको आरोप लागेपछि विभिन्न माध्ययबाट सो आरोपका बारेमा बुभ्न खोज्दा शेर्पासंग सम्र्पकमा आउन चाहेनन् । गोप्य रुपमा प्राप्त मोबाइल नम्बर समेत कोही बन्द गरिएको थियो भने कोहीमा सम्र्पक नै हुन सकेन ।

यसरी सो नाकाबाट अबैधरुपमा सामान आयात गरि सिधै भारत लैजादै आएको सो समुहबाट अर्बौंको राजश्व, मुल्यअभिबृद्धि कर (भ्याट) आयकर समेत नक्कली वीलमार्फत गर्दै आएका छन् । कहिले रसुवाको केरुङ नाकाबाट त कहिले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अबैध रुपमा सामान नेपाल ल्याउने कार्य गर्दै आएको छ ।

चीनबाट तस्करीको सामान सहित मल भित्राउनेमा सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा र सुनिल गोयल नाम गरेका व्यापारीको प्रत्यक्ष संलग्नता रहेको छ । तस्करीको सामानलाई कालोबजारीमा बिक्री गर्ने कार्यका ग्रान्ड डिजाइनरका रुपमा सुनिल गोयल मुख्य पात्र हुन । उनका बिरुद्ध राजस्व छलीको उजुरीमा छानबिन सुरु भएपछि उनले शेर्पासंगको मिलिमतोमा सो अबैधधन्दा चलाउदै आएका व्यक्ती हुन ।

गोयलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी स्वकीय सचिव गंगा दाहालसँग सम्पर्क रहेको बताइएको छ । रमेश शेर्पासँग मिलेर गोयलले चीनबाट निर्बाध रुपमा नेपालमा तस्करी गरिरहेको स्रोत बताउँछ । बालुवाटारकै संरक्षणमा गोयल र शेर्पाले तस्करी गरेको स्रोत बताउछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४