Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालबालिकाको पोषणमा सुधार ल्याउन रोल्पाका विद्यालयमा पोषण बगैंचा निर्माण गरिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १२ २०८०
  • 5.8K
    SHARES

काठमाडौं। बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक फुडको उपभोग कम गर्न पोषण बगैचा निर्माण गर्न थालिएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मसिनाको सूर्याेदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले फुलवारी नभइ पोषणका लागि विद्यालय हाताभित्रै करेसाबारी निर्माण गर्दै छन् ।

विद्यार्थीलाई करेसाबारीको् अभ्यास गराउन नेपाल ग्रामीण पूर्ण निर्माण संस्था आरआरएन परियोजनाले दुर्गमका विद्यालयमा पोषण बगैचा निर्माण गर्न थालिएको हो । जसबाट अस्वस्थकर खानालाई विस्थापित गरी विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप दिन मद्दत गर्छ ।

विद्यालयमा पोषण सम्बन्धी अभ्यास गर्न सके विद्यार्थीको घरमा पनि परिवर्तन आउने हुदाँ यसले सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यार्थीले सिकेको कुरा घरमा अभिभावकलाई सिकाउने र घरमै करेसाबारी लगाउन सहयोग पुग्ने बताइएको छ ।

विद्यार्थीले खाजाको रुपमा अस्वस्थकर खाना खाइरहेको र पोषणका बारेमा विद्यार्थीलाई जानकारी दिन सके पोषणमा सुधार आउने विद्यालयका निमित्त प्रधानाध्यापक झबिलाल सुबेदीले बताउनुभयो ।

परियोजनाले बाली चक्र, लगाउने समय, बालीबाट कस्तो पोषण पाउछ र जैविक विषादीको बारेमा जानकारी पाएको विद्यार्थीहरुले बताएका छन् । बालीमा विषादी प्रयोगका विषयमा जानकारी नहुदाँ शुत्र किरामात्र नभइ बालीको मित्रु किरा पनि मर्ने गरेको उनीहरुको भनाइ छ । साथै घरमा पनि बाली लगाउँदा कुन बाली कुन समयमा लगाउने भन्ने थाहा नहुदाँ जथाभावी बाली लगाउने गरेको र अब घरमा पनि बाली चक्र प्रयोग गर्न सिकाउने बिद्यार्थीको भनाइ छ ।

नेपाल सरकारले विद्यालयमा अस्वस्थकर खाना प्रयोगमा रोक लगाएपनि त्यो कार्यान्वयन हुन सकेको छैन् । त्यस्ता खानाको प्रयोग रोक्न यस विद्यालयमा जस्तै अभ्यास गर्न र कार्यान्वयन गर्न सके विद्यार्थीको पोषणका साथै सरकारको निर्णय कार्यान्वयनमा पनि सहयोग पुग्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४