काठमाडौँ । राजा ज्ञानेन्द्र बिर बिक्रम शाहको पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
राजा ज्ञानेन्द्र बिर बिक्रम शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् ।
शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् । प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन् ।
राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले जानकारी दिएका छन् ।
काठमाडौँबाट आज आउनु भएका राजा ज्ञानेन्द्र बिर बिक्रम शाह होटल मेची क्राउनमा बस्नु हुने भएको छ । शनिबार होटलबाट कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल र्यालीसहित लैजाने तयारी रहेको थापाले जानकारी दिनु भएको छ ।
होटलमा पनि उनले आफ्ना समर्थकसँग भेटघाट गर्नेछन् । ‘पार्टीबाट होइन नागरिकको तहबाट स्वागत गर्ने तयारी छ, उनले भने, ‘होटलदेखि कार्यक्रम स्थलसम्म मोटरसाइकल र्यालीसहित उहाँलाई ल्याउने तयारी छ । उनका अनुसार र्याली र राजा ज्ञानेन्द्र बिर बिक्रम शाहको स्वागतमा राष्ट्रीय झण्डा प्रदर्शन हुनेछ ।
शनिबार दिउँसो १ बजे कलेजको उद्घाटन पछि राजा ज्ञानेन्द्र बिर बिक्रम शाह दमकस्थीत आफ्नो निवासमा आउनु हुनेछ । आइतबार उहाँ काठमाडौँ फर्कने जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिएका छन् ।
कलेज र शालिकको उद्घाटन गर्न आउने राजा ज्ञानेन्द्र बिर बिक्रम शाहले सम्बोधन गर्ने कुनै कार्यक्रम नरहेको उनले बताएका छन् । उहाँले सम्बोधन गर्ने कार्यक्रम नरहेको व्यवस्थापनले जानकारी गराएको छ,’ उनले भने,‘होटलबाट कार्यक्रमस्थलसम्म मोटरसाइकल ¥याली निकाल्ने जानकारी आएको छ ।
राजा ज्ञानेन्द्र बिर बिक्रम शाह आउने र उनी पक्षधरले शक्ति प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ ।
‘काठमाडौँमा आफ्नो पक्षमा आन्दोलन चलिरहेका बेला एउटा कलेजको उद्घाटन सहभागि हुन आउने एउटा बाहाना मात्रै हो,सुरक्षा स्रोतले भन्यो,‘ कलेजको उद्घाटन गर्ने भन्दापनि शक्ति प्रदर्शन गर्ने उदेश्य देखिन्छ ।