Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साइबर ब्यूरोले भन्यो– भिपिएन र डिएनएसबाट टिकटक नचलाउनु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ५ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भिपिएन र डिएनएस प्रयोग गरी टिकटक चलाउँदा आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै साइबर ब्यूरोले भीपीएन र डीएनएसजस्ता एपको प्रयोग गरी टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणमा पहुँच पुगी चोरी हुनसक्ने बताएको हो । ब्यूरोले भीपीएन र डीएनएसको प्रयोग गरी अवैध रुपमा टिकटक नचलाउन आग्रह गरेको हो ।

गत २७ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडियो प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक, भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा आएको सूचना प्राप्त भएको भन्दै ब्यूरोले भिपिएन र डिएनएसको प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैङ्कीङ विवरणहरूको समेत पहुँच पुयाई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको जनाएको छ ।

‘विद्युतिय स्वरुपमा गैरकानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै ब्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४