Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्तिक कृष्ण चतुर्दशीमा किन गर्ने कुकुरको पूजा ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २६ २०८०
  • 6.2K
    SHARES

काठमाडाैँ । तिहार पर्वको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ। हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने प्रचलन छ। कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ। आज बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि सुरु हुन्छ। लक्ष्मीपूजा औँसीको साँझ गर्ने प्रचलन भएकाले आजै साँझ लक्ष्मीपूजा गर्नु उत्तम हुने समितिले जनाएको छ। आज कुकुरलाई पूजा गरी फूलको माला लगाएर मिठामिठा खानेकुरा खुवाउने गरिन्छ। कुकुर तिहारमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरलाई पनि माला र टीका लगाएर खान दिने गरिन्छ।

सनातन धर्ममा घर पालुवा जनावर कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ। आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्‍ने धार्मिक विश्वास छ। मानिसको आज्ञाकारी र रक्षक जनावर मानिने कुकुरलाई भैरवको बहानसमेत भनिन्छ।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गर्ने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा हुन्छन्। सुँघ्नसक्ने उच्च क्षमता पनि कुकुरमा उच्च छ। कुकुरको यही क्षमताको कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुरको प्रयोग गर्ने गरेका छन्। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुर प्रयोग हुँदै आएको छ।

प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जनावर कुकुरलाई हिन्दू धर्ममा आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ। मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानिसलाई सहयोग गर्दै आएको छ। कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ। कुकुर थोरै खाएर पनि सन्तुष्ट हुने प्राणी हो ।

पशु पालक किसानले गोठहरुमा पशु बस्तुको गोठालाको रुपमा पनि कुकुरलाई प्रयोग गर्दै आएका छन्। कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै थाहा पाउँछ भन्ने मान्यता छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४