Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपन्न नागरिकको मृत्यु संस्कारमा सलामी र आर्थिक सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २४ २०८०
  • 5.5K
    SHARES

काठमाडौँ । कैलालीको धनगढी उपमहागरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा उपमहानगरको झण्डा ओढाउन र प्रहरीबाट सलामी दिन थालेको छ । यसका साथै उपमहागरपालिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि मृत्यु संस्कार गर्न आर्थिक सहयोगसमेत गर्न थालेको छ ।

धनगढी उपमहानगरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा दाउराका लागि ५ हजार रुपैयाँसँगै उपमहानगरको झण्डा ओढाएर प्रहरीले सलामी दिने निर्णय गरेको हो । विपन्न नागरिकको मृत्यु हुँदा सरकारी झण्डा ओढाएर र प्रहरीको सलामी सहितको अन्तिम संस्कार हुन थालेपछि धनगढीका नागरिक प्रफुल्ल देखिन्छन् ।

यसले आर्थिक अवस्था कमजोर भएकै कारण अन्तिम संस्कार गर्नसमेत नसक्ने स्थितिका नागरिकलाई राहत भएको छ भने यसले उपमहानगरबासीलाई इज्जत पनि दिएको छ ।

उपमहानगरले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरमा कसैको मृत्यु भए शव वाहनका लागि टोल फ्री नम्बरमा फोन गरेर खबर गर्न आग्रहसमेत गरेको छ । उपमहानगरीय प्रहरीले शवमाथि उपमहानगरको झण्डा ओढाउँदै अन्तिम सलामी समेत दिने गरेको उपमहानगरीय प्रहरी बल धनगढीका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र खड्काले बताउनुभयो ।

विपन्न परिवारलाई आफन्तको असामयिक मृत्यु हुँदा दाहसंस्कार गर्न दाउरा किन्ने पैसासमेत नहुने भएकाले ससम्मान अन्त्येष्टी गर्न धनगढी उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

आर्थिक अभावकै कारण टायरमा जल्नुपर्ने परिस्थितिको अन्त्य गर्न उपमहानगरले दाउराका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । यति मात्रै नभएर घाटसम्म शव पु¥याउनका लागि उपमहानगरले निःशुल्क शव वाहनको समेत व्यवस्था गरेको छ ।

दाउराका लागि आर्थिक सहयोग गर्न घरमै पुग्ने उपमहानगरीय प्रहरीले शवमाथि उपमहानगरको झण्डा ओढाएर सलामी पनि दिने गरेको मेयर गोपाल हमालले बताउनु भयो ।

उपमहानगरको यो कदमबाट उपमहानगरबासी निकै लाभान्वित बनेका छन् । यसका साथै उपमहानगरबासीले आर्थिक अभावकै कारण टायरमा अन्तिम श्रदाञ्जली दिनुपर्ने बाध्यता टरेको स्थानीयले बताएका छन् ।

उपमहानगरपालिकाले प्रत्यक्ष जनतासँग सरोकार राख्ने विषयहरुलाई प्राथमिकतामा राखेको छ । अन्तिम श्रद्धाञ्जलीका लागि आर्थिक सहयोगसँगै शव वाहनको व्यवस्था गरेको उपमहानगरले गर्भवती महिलालाई लक्षित गर्दै आमा बचाउ अभियान समेत सञ्चालन गरेको छ ।

उपमहानगरले यो अभियान अन्तर्गत गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउन निशुल्क एम्बुलेन्सको व्यवस्था समेत गर्न थालेपछि स्थानीयले राहत महशुस गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४