Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोर्खा ब्रुअरी प्रा.लिद्वारा भूकम्प पीडितका लागि एक करोड सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले यो चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गर्एिको सहयोगका लागि धन्यवाद दिनुभयो ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेका प्राकृतिक विपत्तिहरु विशेष गरि २०७२ को महाभूकम्प र कोरोना महामारीपछि सहयोग गर्दै आएको बताउनुभयो ।

यस ब्रुअरीबाट उत्पादित कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायतका अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पु¥याउँदै आएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४