Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शान्ति प्रक्रिया टुंग्याउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २१ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको शान्ति प्रक्रियाका पक्षधर राजनीतिक दलहरुको बैठकमा १२ बुँदे समझदारीका क्रममा महत्वपूर्ण भुमिका खेलेका राजनीतिबीच समसामयिक राजनीतिक परिस्थिति, विद्यमान अवस्थाका बारेमा छलफल भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले बताउनुभयो ।

उहाँले सरकारका कतिपय अकर्मण्यताका कारण देशमा भइरहको गतिविधिबारे पनि ध्यानाकर्षण गराएको बताउनुभयो । सचेतक बर्तौलाले संविधान र विद्यमान व्यवस्थामा जनतामा छाएको निराशाबारे छलफल भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाललाई दुरुपयोग गरेको विषयमा पनि छलफल भएको बताउनुभयो ।

त्यस्तै, बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले १२ बुँदे समझदारी पत्रका हस्ताक्षर पक्षधर राजनीतिक दलहरुको बैठक बसेको र आफू संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर भएको र गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिवद्ध रहेको बताउनुभएको जानकारी गराउनुभयो । उहाँले छिटपुट देखापर्न खोजेका प्रभावको मिलेर प्रतिवाद गर्ने निस्कर्षमा नेताहरु पुगेको बतउनुभयो ।

उहाँले संघीयताको रक्षा गर्न सबै दल प्रतिवद्ध भएको निस्कर्ष बैठकको रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४