Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग अफगानिस्तान फराकिलो रन अन्तरले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २ २०८०
  • 7.6K
    SHARES

काठमाडौं । भारतमा जारी एकदिवसीय आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जीत हात पारेको छ ।

बुधबार राति अबेर सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नइस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा शुरुवाती व्याटिङ गरेको न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए। अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फग्र्युसनले समान ३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट हात पारे ।

टम लाथमले ६८ रन बनाएको इनिङ्समा विल योङ्गले ५४ रनको योगदान गरेका थिए । रचिन रबिन्द्रले ३२ रन बनाएका थिए । अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २ तथा रासिद खान र मुजिब उर रहमानले समान १–१ एक विकेट हात पारे ।

न्युजिल्याण्ड यो जितसँगै सहित शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ८ अंक जोडेको छ । अफगानिस्तानको भने मात्रै २ अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४