Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रले नियमित प्रेस ब्रिफिङ गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २४ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ ।

हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो ।

प्रेस ब्रिफिङ अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ सय बढीले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये अधिकांशले नेपाल फर्किन चाहेको बताएका छन् भने बाँकीले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेको बताएका छन् ।

असोज २० गते हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । यसैबीच इजरायलमा हमास समूहले गरेको आक्रमणमा परेर घाइते भएका ४ जना नेपालीको अवस्थामा सुधार आएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

दुताबासले जारी गरेको विज्ञप्तीमा सम्पर्कविहीन रहेका एकजना नेपाली विद्यार्थीको खोजिकार्य भइरहेको जनाएको छ । उनलाई खोज्न प्रहरी, अस्पतालसहित उपलब्ध सबै स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोग लिइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४