Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपेली संघद्धारा टिकटकलाई जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ३० २०८०
  • 2.2K
    SHARES

काठमाडौँ । युरोपेली संघ (ईयू) ले सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।

टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा ईयूको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई शुक्रबार जरिवाना गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ । आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय पनि दिएको छ ।

ईयू सदस्य आयरल्याण्डको उक्त आयोगले सामान्य तथ्यांक सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क संकलन प्रक्रियाबारे टिकटकको अनुगमन सुरु गरेको थियो ।

तर, जरिवानापछि टिकटकले यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४