Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छ : प्रवक्ता सापकोटा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १५ २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्रीले आगामी चीन भ्रमणमा कुराकानी गर्ने बताएका हुन् । उनले नेपाली भूमि नेपालको नक्सामा नदेखाइएको यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताए । उनले चीनको यस कदमबारे स्पष्ट हुनका लागि कूटनीतिक पहलकदमी बढाउनुपर्ने पनि बताए ।

उनले भने ‘चीनले जारी गरेको नक्साको सम्बन्धमा त्यो के भयो रु किन त्यस्तो हुन गयो रु किन त्यसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन ? यसको बारेमा त कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । मैले हिजो त्यो जारी भएको सुनेदेखि बुझ्दाखेरि पहिलाको सरकारले जानकारी दिएको थियो भन्ने छ । कूटनीतिक पहलकदमी अलिकति बढाउनुपर्छ भन्ने सुझाव पनि छ । मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसबेलामा कुराकानी हुन्छ । र यसबारेमा प्रस्ट हुनुपर्छ । सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट गर्नुपर्छ र यो विषय त्यसरी पहलकदमी अगाडी बढाउनुपर्छ भन्ने लाग्छ ।’

प्रवक्ता सापकोटाले एमसिसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसिसीको अंग बनाउनुपर्ने बताए । उनले औपचारिक र संस्थागत रूपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसिसी सम्झौताको अंग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने बताए । माओवादी केन्द्र एमसिसी परियोजना व्याख्यात्मक घोषणालाई एमसिसीको अंग बनाएर मात्रै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे ।

उनले भने ‘म नै सभामुख भएको बेलामा १२ बुँदे घोषणापत्र जारी भएर त्यो पारित भएको छ । अहिले हाम्रो पार्टीको लाइन के हो त भन्दाखेरी त्यो व्याख्यात्मक घोषणा एमसिसी सम्झौताको अंग बन्नुपर्छ । किनभने त्यो हाम्रो सार्वभौमसत्ता सम्पन्न संसदले पास गरेको विषय हो नि । त्यो प्रस्ट रूपमा, संस्थागत रूपमा, औपचारिक रूपमा एमसिसी सम्झौताको अंग बन्नुपर्छ । त्यसो गरेपछि मात्रै वास्तवमा यो कार्यान्वयन सहज हुनसक्छ । किनभने जनतामा उठेका प्रश्नहरू स्पष्ट हुनुपर्यो । अरु धेरै कुरा भन्दापनि त्यहाँ पास भएको १२ बुँदे घोषणापत्र सम्झौताको अंग बन्नुपर्छ भन्ने छ । त्यसै अनुसार जान्छ ।

उनले वर्तमान सत्तारुढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने बताए । उनले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४