एजेन्सी । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।
बुधबार मन्त्रिपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।
अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपैयाँ (करिब ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ ।
यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोडभन्दा बढी उपभोक्तालाई राहत हुने बताइएको छ ।