Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसको विमानस्थलमा युक्रेनको ड्रोन आक्रमण, मस्कोमा उच्च सुरक्षा सतर्कता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १३ २०८०
  • 4.1K
    SHARES

एजेन्सी । रुसको उत्तर पश्चिमी शहर पिस्कोभको बिमानस्थलमा ड्रोन हमला भएको छ ।

आक्रमणबाट बिमानस्थलमा भीषण आगलागी हुनुका साथै ४ वटा बिमानमा क्षति पुगेको छ । युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सिमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको आशंका गरिएको छ । तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया जनाएको छैन ।

उता, रुसी सेनाले कृष्ण सागरमा ४ वटा युक्रेनी पानी जहाज ध्वस्त पारको दाबी गरेको छ ।हरेक जहाजमा कम्तीमा ५० जना युक्रेनी सैनिक रहेको रुसको दाबी छ । यसैगरी रुसको मध्य तथा दक्षिणी क्षेत्रमा ४ वटा युक्रेनी ड्रोन खसालेको दाबी पनि रुसले गरेको छ । पछिल्लो समय युक्रेनले रुसका बिभिन्न शहर केन्द्रित ड्रोन हमलालाई तीब्रता दिएको छ ।

यो हमलापछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो बिमानस्थलमाथिको आकाशमा केही समय उडान निषेध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४