Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ११ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ । प्रतिनिधिसभा अन्तर्गतका दश वटा विषयगत समितिका लागि आइतबार भएको मनोनयनमा नौ वटा समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने भएका हुन । यद्यपी त्यसको औपचारिक घोष्णा हुन भने बाँकी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलहरूबीच सभापतिमा भागवण्डा मिलेपछि निर्विरोध भएको हो । निर्विरोध सभापतिमा निर्वाचित हुनेहरुमा सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा रहेका छन् ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी र पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको पनि एकल उम्मेदवारी रहेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव र स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित हुने भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४