Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेले पाएनन् कालिकामा स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ९ २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् ।

नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै क्लिनिक सञ्चालन गर्न स्वीकृत नदिएको हो ।

लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गरेका थिए । तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।

साथै, नगरपालिकाले विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ ।

नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानुनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताए । यद्यपि, सांसदले प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उनको भनाइ छ ।

शिविरको डिटेल कार्यक्रमसहित चिकित्सकहरुको विवरणसमेत माग गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए । ‘शिविर गर्ने भनेपछि सबै विवरण चाहियो, भोलि कुनै ठाउँको शिविरमा कुनै घटना भए के गर्ने सबै आधारहरु हेर्नुपर्ने हुन्छ,’ उपाध्यायले भने, ‘शिविर गर्ने चिकित्सकहरुको विषेशज्ञ, मेडिकल काउन्सिल दर्तालगायतका विषय पनि पालिकाको जानकारीमा हुनुपर्छ ।

उनले पालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर जिल्लाका ठूला अस्पतालहरुले शिविर सञ्चालन गरे पनि अरुलाई भने अनुमति नदिइएको उनले बताए ।

चितवन २ बाट जितेका सांसद लामिछानेले निर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा गत साउन १६ गतेदेखि निर्वाचन क्षेत्रमा मोवाइल स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।

पुरानो मेडिकल कलेजले उपलब्ध गराएको भारतले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर मोवाइल स्वास्थ्य क्लिनिक चलाएका लामिछाने विवादमा परेपछि अहिले अर्को एम्बुलेन्स लिएर क्लिनिक चलाउँदै आएका छन् ।

पुरानो मेडिकल कलेजकै स्वास्थ्यकर्मीहरुको टिम लिएर उनले भरतपुर महानगरपालिकाका विभिन्न वडा स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४