Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा सडक खन्नु अघि महानगरको स्वीकृति लिनुपर्ने

  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ७ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र स्वीकृति नलिई कुनै सडक भत्काउन वा खन्न नदिने भएको छ ।

ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे पनि अब महानगरपालिकाको स्वामित्वमा भएका सडक खण्डमा काम गर्न महानगरपालिकासँग र सडक विभागको स्वामित्वमा भएका सडक खन्न विभागसँग स्वीकृति लिनुपर्ने छ ।

महानगरपालिकाले बुधबार पूर्वाधार विकास साझेदार कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गर्दै यस्तो निर्णय सुनाएको हो । छलफलमा काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाले विकास निर्माणका कामका लागि समन्वय गर्ने कार्यालय स्थापना गर्न लागेको जानकारी दिंदै कुनै पनि सार्वजनिक निर्माणका काम गर्दा उक्त कार्यालयबाट स्वीकृति लिनुपर्ने बताउनुभयो ।

पूर्वाधार निर्माण, मर्मतसम्भार, खाल्टाखुल्टी टाल्नुपर्ने लगायत कामका लागि सोही सम्पर्क कार्यालयले समन्वय गर्ने पनि उहाँले बताउनुभयो । यस्तै, महानगरपालिकाले पानी तथा ढल चुहावट भएको ठाउँमा तत्काल महानगरपालिकाले मर्मत सम्भार गर्ने त्यसको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नुपर्ने निर्णय पनि गरेको छ ।

बैठकमा सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुखहरु सहभागी थिए ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र स्वीकृति नलिई कुनै सडक भत्काउन वा खन्न नदिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४