Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना नयाँ प्रजाति बिए २.८६: विश्वभरि चासो र सतर्कता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ६ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । अत्यधिक उत्परिवर्तनसहितको कोभिड–१९ को नयाँ भेरियन्ट बिए २.८६ विश्वभरि फैलिन सक्नेमा चिन्ता र चासो बढेको छ।

तीन महादेशमा देखिएको यो भेरियन्टले सन् २०२१ को सुरुमा दक्षिण अफ्रिकामा देखिएको तथा केही समयमै विश्वभर फैलिएको ओमिक्रोन भेरियन्टको संस्मरण गराएको छ।

वैज्ञानिक जर्नल ‘नेचर’का अनुसार केही सीमित संक्रमितमा यो भेरियन्ट इजरायल, डेनमार्क, बेलायत र अमेरिकामा देखिएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई नजिकबाट ‘निगरानी’ गरिरहेको जनाएको छ। वैज्ञानिकले यो भेरियन्टका सम्बन्धमा अनुसन्धान थालिसकेका छन्।

गत साता मात्र विश्वका विभिन्न प्रयोगशालाले बिए २.८६ भेरियन्ट (प्रजाति) पत्ता लगाएका हुन। यो हालसम्म देखिएका अन्य भेरियन्टभन्दा फरक छ। यो प्रजातिको भाइरसको स्पाइक प्रोटिनमा कैयन परिवर्तन देखिएको छ। स्पाइक प्रोटिनले शरीरका स्वस्थ कोषिकामा भाइरस प्रवेश गर्न सहजीकरण गर्छ र यो संक्रमणको पहिलो चरण हो। यही कारणले वैज्ञानिक यो प्रजातिलाई लिएर सतर्क र चिन्तित बनेका हुन्।

सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोभिड–१९ महामारीका विभिन्न लहर आइसकेको, अधिकांश मानिसले खोप तथा बुस्टर खोप लगाएका कारण प्रतिरक्षा प्रणाली यसअघिको भन्दा अत्यधिक रहेकाले नयाँ भेरियन्टले ओमिक्रोनले जस्तो प्रभाव नपार्ने अनुमान वैज्ञानिकको छ। तर, यो भेरियन्ट सुरुवाती चरणमा भएकाले केही भन्न नसकिने वैज्ञानिक बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४