Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागपञ्चमी : जनविश्वास अनेक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०८०
  • 6.3K
    SHARES

नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ। यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ।

विशेष गरेर यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ। नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमा विभिन्न खालका किंवदन्तीहरू पाइन्छ। विशेषत: वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने विश्वास रहेको छ।

महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ।

यसरी नै वर्षाकालमा विशेषगरी नाग, सर्पले धेरै दु:ख दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा विशेषत: श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको जनविश्वास पाइन्छ।

कसै–कसैले यसलाई पानीसँग जोडेका छन्। नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ। बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्त्व बढेको बताइन्छ।

काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ। यस सम्बन्धमा कसै कसैले नागले यो धर्तीको बोझ बोकेकाले काँध फेर्दा पृथ्वी कम्पन हुने वा हल्लने अथवा भूकम्प जाने बताउँछन्।

यिनै विश्वासले गर्दा घरको जग हाल्दा, घर निर्माण गर्दा पहिला नागलाई पूजा गर्ने र नागको शिरलाई विशेष ख्याल गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। विष्णु भगवान, शिव र देवीदेवतासँग समेत नागको सम्बन्ध रहेको जनविश्वास छ त्यसैले नागलाई शक्ति र देवताको रूपमा लिने र पूजापाठ गर्ने गरेको पाइन्छ।

नागपञ्चमीका सम्बन्धमा एउटा प्रचलित किंवदन्ती छ– एकजना किसानले खनजोत गर्ने क्रममा नागका बच्चा मरेको र आफ्ना बच्चा मरेको कारण पीडा र आक्रोशमा आएर नागिनले किसानका परिवारका आमा–बाबु, दुई छोरा सहित चार परिवारलाई डसेर मारेको र छोरीलाई डस्न जाँदा श्रद्धाले दूधको भाँडो नागको अगाडि राखिदिएपछि दूध पिउन थालेको नागको आक्रोश, पीडा मनबाट हटेपछि त्यो दिन संयोगले नागपञ्चमीको दिन समेत परेको रहेछ।

नागपञ्चमीका दिन आफ्ना परिवार गुमेर पीडित युवतीले नागलाई परिवार गुमाउँदा आफूलाई जस्तो वेदना भएको ठानेर श्रद्धाले आहार दिएका कारण युवतीसँग प्रभावित भएर बरदान माग्न आग्रह गरेको र युवतीले आफ्ना मृतक आमाबुबा र भाइहरू बाँचुन् भन्ने वरदान मागेको, नागपञ्चमीका दिन खुशी नागले युवतीलाई वरदान दिएर अलप भएको र त्यसपछि नागपञ्चमीका दिन नागको पूजापाठ हुने गरेको हो भन्ने जनविश्वास पनि रहेको पाइन्छ।

यसरी नागपञ्चमीका सम्बन्धमा विभिन्न जनविश्वास तथा किंवदन्तीहरू रहेता पनि हिन्दु धर्मावलम्बीले श्रावण शुक्लपक्षको पञ्चमीका दिन पूजाआजा सहित नागपञ्चमी पर्व विशेष महत्त्वका साथ मनाउने चलन छ।

लेखक जनमुखी आदर्श कलेज गैंडाकोट-१५ अमरापुरीका प्राध्यापक हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४