Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद सुनिल शर्माले असंसदीय शब्द नबोलेकाे भन्दै रेकर्डबाट नहटाउन नेपाली कांग्रेसको माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ३ २०८०
  • 3K
    SHARES

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेकाे शब्द असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने बताएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरुलाई छलफलका लागि बोलाएकाे बैठकपछि बोल्दै कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकोले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताएकी छन्  । उनले नेकपा एमालेले पनि सांसद शर्माले राख्नुभएको अभिव्यक्ति असंसदीइ नभएकाले हटाउनु नपर्ने बताएका छन्  । उनले सांसद शर्माले सरकारले आतंककारीहरुको नेतृत्व गर्दै छन् कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताएका छन्  ।

उनले भने, ‘हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनिल शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो की होइन ? त्यो लिगल हो की होइन भन्ने कुरामा छलफल गरेको छौँ । प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नुभयो, लामो समयसम्म त सदन अवरुद्ध गर्नु हुँदैन, सुनलि शर्माजीको रेकर्ड पनि हटाउनुपर्छ जस्तो लाग्दैन भन्नुभयो ।

समिति सभापतिहरुको चयन चाँडो गर्नुपर्ने, सकेसम्म चाँडो निकास निकाल्न प्रयास गरिरहेको भन्नुभयो । संसदलाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो । शर्माले यो सरकारले आतंककारीहरुको नेतृत्व गर्दै हुनुहुन्छ की, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ, भन्ने प्रश्न रहेछ । त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो, नेपाली कांग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन । नेकपा माओवादीले आज कुनै कुरा राखेन ।

सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताएकी छन्  । बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरु मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राख्नुभएको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४