Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देवत्वकरण गर्ने अभियानमा एमाले : ओलीबाहेक अन्यको फोटो राख्न बन्देज


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी “एमाले” ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ ।

पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय नेकपा एमालेले गरेको हो ।

गत सोमबार २९ साउन”मा बसेको नेकपा एमालेको सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।

नेकपा एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् ।

पार्टीका अग्रज नेताहरु पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स, लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरूको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४