Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व प्रकाशको प्रश्न – संविधानले बलियो बनाएका संस्थाहरूप्रति किन अविश्वास ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २३ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले हरेक विषयमा संसद अवरोध गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले संसद् अवरोध हुँदा जनताको आवाज राख्न नपाइएको भन्दै गुनासो गर्नुभयो । उहाँले संसदमा ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन पनि आग्रह गर्नुभयो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन माग गरिरहेको बेला शर्माले त्यसप्रति लक्षित गर्दै नेपालको संसदीय राजनीतिमा संविधानले बलियो बनाएका संस्थाहरूप्रति अविश्वास गर्ने र राजनीतिक सहमतिमा बनेका छानबिनहरूप्रति विश्वास गर्ने गलत अभ्यास भइरहेको उल्लेख गर्नुभयो । बरु संविधानले बलियो बनाएका संस्थाप्रति विश्वासको संकट घट्नुका कारणमाथि छानबिन गर्नुपर्ने परिस्थिति आएको उहाँको भनाई छ ।

महामन्त्री शर्माले देशको विभिन्न स्थानमा बाढी पहिरोले जनजीवन अस्तव्यस्त भएको भन्दै त्यसमा आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४