Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद अवरोध हटाउने विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । संसद अवरोध हटाउने बिषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको छलफल जारी छ ।

सभामुख देवराज घिमिरेले संसद अबरोध हटाउने विषयमा पहल गर्दै आज सोमबार १ बजे पनि प्रमुख तीन दलका शीर्ष नेताको बैठक राख्नु भएको थियो । तर १ बजेको बैठक बिना निष्कर्ष टुंगिएपछि अर्काे बैठक आजै साढे ३ बजे बस्ने तय भएको थियो । त्यसपछि अहिले नेताहरुबीच छलफल भइरहेको हो ।

बानेश्वरको संसद भवनमा सभामुख घिमिरेको कार्यकक्षमा भइरहेको छलफलमा सभामुख घिमिरेका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको सहभागिता रहेको छ । झण्डै सय किलो सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानविन समिति माग गर्दै संघीय संसदका दुवै सदन (राष्ट्रिय र प्रतिनिधि सभा) को बैठकहरु अवरुद्ध गरिरहेको छ ।

यस अघि आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले संसद बैठक खुलाउने विषयमा सैद्धान्तिक सहमती भएको र साढे ३ बजेपछि बस्ने बैठकले त्यसलाई टुंगोमा पुर्‍याउने प्रतिक्रिया दिनु भएको थियो । उता बैठकमा एमालेले भने सुन प्रकरण छानविनका लागि सत्तापक्ष सहमत भएमात्रै संसद बैठक अगाडि बढने अडान राखेको थियो ।

यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यही विषयलाई लिएर एमालेले संसद अवरोध गर्दै आइरहेको हो । सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४