Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका दुई खेल हुँदैछ ।

पहिलो खेलमा इंग्ल्याण्डले नाइजेरियाको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।

समुह चरणमा तिन खेलबाट ९ अंक जोडेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नाइजेरिया भने समुह चरणमा ५ अंक जोड्दै उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

सोमबार हुने दोस्रो खेलमा आयोजक अष्ट्रेलियाले डेनमार्कको सामना गर्नेछ । समुह बि को विजेता अष्ट्रेलियाले समुहका तिनमध्ये दुई खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । उता डेनमार्कले समुह चरणका दुई खेल जित्दा एक खेल गुमाएको थियो ।

महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । स्विडेनले चार पटकको विश्वविजेता अमेरिकालाई सडन डेथमा पराजित गर्दा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई २–० ले हराएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४