Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेंगु नियन्त्रण गर्न महानगरले सुरु गर्‍यो अभियान, परामर्शका लागि २४ सै घण्टा हटलाइन सेवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १७ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । काठमाडौ‌ं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका काम भएको महानगरले जनाएको छ ।

काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्‍गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोक लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको पौडेलले बताए ।

अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु पनि सहभागी रहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । अभियानका क्रममा डेंगु रोग नियन्त्रणका लागि नागरिकको सहभागिताका लागि अनुरोध गर्ने काम पनि भएको उनले बताए ।

परामर्शका लागि हटलाइन सेवा

डेंगु रोगको बारेमा टेलिफोन मार्फत परामर्श दिन महानगरले हटलाइन सेवा ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

महानगरका अनुसार अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । डेंगु रोगका बिरामीका लागि सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा उपलब्ध गराउने काम भइसकेको महानगरले जनाएको छ ।

सचेतनाका लागि चित्रकला

महानगर अन्तर्गत स्वास्थ्य तथा शिक्षा समितिले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । जस अनुसार सरकारी र संस्थागत विद्यालयमा डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतनामूलक चित्रकला प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

विद्यार्थी मार्फत अभिभावकसम्म संक्रमणका बारेमा जनचेतना फैलाउन विद्यालय स्तरमा कार्यक्रम आयोजना गर्न लागेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४