Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशिष्ट तथा अतिविशिष्टले राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १० २०८०
  • 2.9K
    SHARES

काठमाडौँ । विशिष्ट पदाधिकारीको उपचार अब स्वदेशमै गरिने भएको छ । अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति’ गठन गरेको छ । विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा उपचार सम्भव नभएमा मात्र विदेशमा उपचार गर्न पाउने र त्यसका लागि विशेषज्ञ समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो ।

मन्त्रालयले विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा. रत्नमणि गजुरेल, डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. मनबहादुर केसी र डा. रमेश चोखानी समितिको सदस्यमा छन् ।

समितिका संयोजक डा. बस्नेतले नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि वीर अस्पतालमा छुट्टै क्याबिनको व्यवस्था गरिएको बताए । ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समितिको कार्यविधि तयार भइरहेको छ । नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारी विदेश जान पाइने छैन,’ उनले भने ।

नवनिर्मित विशिष्ट उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालय, भान्सा कोठासमेतको सुविधा रहेको छ । यसअघि पनि वीर अस्पतालको पुरानो भवनमा विशिष्ट तथा अतिविशिष्टका लागि दुई वटा शय्या छुट्याइएको थियो । मंगलबारबाट सञ्चालनमा ल्याइएको भवनमा तीन शय्या थप गरेर कुल पाँच शय्या पुर्‍याइएको छ ।

वीर अस्पतालमा सञ्चालनमा आएको विशिष्ट तथा अतिविशिष्ट कक्षको मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेका छन् । उनले विशिष्ट र अतिविशिष्ट पदाधिकारीको जुनसुकै उपचार नेपालमा गर्न सकिने बताए । सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा सञ्चालनमा ल्याइएको कक्ष प्रभावकारी हुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४