Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस् : जीवन परियार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ७ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।

आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनुभयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षिय रुपमा गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समुहको सन्तुलन कायम गर्न अनुरोध गर्नुभयो ।

सहमहामन्त्री परियारले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगेपनि पार्टीलाई कुनै फाइदा नपुगेको बताउनुभयो । उहाँले फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको भन्दै आम जनतालाई आफूहरुको कुरा सुन्ने रुचीमा ह्रास आउँदै गएको बताउनुभयो ।

सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४