Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा प्रहरीको प्रदेश अनुसन्धान समूह खारेज, २ जना छानबिनको दायरामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३० २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुुन् ।

बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका छन् भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि शुुक्रबार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको पुष्टि गरे । ‘अहिलेलाई आरआइटीको औचित्य र आवश्यकता नदेखिएका कारण खारेज गरिएको हो,’ एसएसपी महर्जनले भने, ‘अपराध, अनुसन्धान लगायतका काम सम्बन्धित ठाउँको स्थानीय प्रहरीलाई दिने व्यवस्था मिलाउने र आवश्यकता परेमा पुनः गठन गर्न सकिन्छ ।’

सुदूरपश्चिममा साविक सुदूरपश्चिम विकास क्षेत्र हुँदा गठन गरिएको आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुर्व्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४