Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुनी रेखा नेपालतर्फ सर्दै, भोलिदेखि धेरै स्थानमा पानी पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार मनसुनी रेखा भोलिदेखि सरदर स्थानबाट उत्तरतर्फ सर्ने भएकाले भोलिदेखि नेपालका धेरै स्थानमा पानी पर्नेछ ।

अहिले मनसुनी रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ छ र त्यो उत्तरतिर सर्ने क्रममा छ । मौसमविद महर्जनका अनुसार मनसुनी रेखाको सरदर स्थान भन्नाले भारतको दिल्ली, कलकत्ताको आकाशको क्षेत्रलाई बुझिन्छ । त्यो रेखा उत्तरतर्फ सर्यो भने नेपालमा बढी पानी पर्दछ ।

‘भोलिदेखि मनसुनी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने भएकाले एरिया कभरेजका हिसाबले देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ,’ मौसमविद महर्जनले भनिन्, ‘लगातार झरी भने पर्ने छैन, पानी पर्ने ट्रेण्ड हिजो अस्तिकै जस्तो हुनेछ ।

अहिले भने सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वषर्ाको सम्भावना छ । दिउँसो भने लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वषर्ाको सम्भावना छ ।

वर्षाको समयमा बाढी, पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

‘सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४