Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पशुपतिमा भेटियो ४० तोला सुन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ।

जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू बोल्न चाहँदैनन्। ज्यासल पशुपति मन्दिरको उत्तरतिर छ। यही ठाउँमा तीन वर्षअघि जलहरी बनाइएको थियो।

जलहरी बनाएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको थियो। अख्तियारको टोलीले जलहरीको नापजाँच गर्दा पनि सिसिटिभी जडान गरिएको थियो। जलहरी बनाएको तीन वर्षपछि सुनका टुक्रा कसरी भेटिए भन्ने प्रश्न उठेको छ।

नापजाँचपछि जलहरीमा आधा केजीभन्दा बढी सुन अपुग छ। उक्त विषयमा कोषका पदाधिकारीहरू छानबिनको घेरामा परिरहेका बेला शुक्रबार बिहान ४० तोला सुन भेटिएको जनाइएको छ।

कोष स्रोतका अनुसार ज्यासलमा सुनका ससाना टुक्रा भेटिएका छन्। ती सबै टुक्रा जोड्दा ४० तोलाभन्दा बढी हुन सक्ने कोषका एक कर्मचारीले बताए। सुनका टुक्रा खोज्ने क्रम जारी रहेको ती कर्मचारीको भनाइ छ। उनका अनुसार शनिबारसम्म यस विषयमा कोषको केही धारणा आउन सक्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४