Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईईको नतिजा : गणितमा सबैभन्दा कमजोर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २२ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ ।

गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षामा ४ लाख ६९ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । अघिल्लो वर्ष अघिल्लो वर्ष यो ग्रेड समूह ल्याउने विद्यार्थी संख्या ९ हजार ६३३ जना थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुका अनुसार माथिल्लो क्रमका अरु जीपीएमा पनि सुधार छ । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । बोर्डका अध्यक्ष महाश्रम शर्मा एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताउँछन् ।

के कारणले रिजल्टमा सुधार आयो भन्ने छुट्टै अध्ययन नगरेको भए पनि कोभिड–१९ को महामारीपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाउनु, विद्यालय र कक्षाकोठाको अवस्था सुधार आउनुका साथै परीक्षा प्रणालीमा गरेको सुधार हुनसक्ने उनले बताए ।

बोर्डका अध्यक्ष शर्मा भन्छन्, ‘यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरुको वातावरणमा सुधार आउँदैछ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो ।’

उनको दाबीलाई एक हदसम्म तथ्यांकले पनि पुष्टि गरेको छ । २ देखि २.४ जीपीएसम्म ल्याउने विद्यार्थीको अनुपात गत वर्ष भन्दा यसवर्ष बढी छ ।

ग्रेड प्वाइन्ट गत वर्ष यो वर्ष
जीपीए ३.६० देखि ४ १.९४ ४.६३
जीपीए ३.२० देखि ३.६० ८.४० ११.३६
जीपीए २.८० देखि ३.२० १४.१० १४.९२
जीपीए २.४० देखि २.८० १८.३१ १८.४२
जीपीए २.०० देखि २.४० २३ २१.०९
जीपीए १.६० देखि २.०० २०.३० १८.२४
जीपीए १.२० देखि १.६० ९ ७.९९

गणितको नजिताले खडा गरेको प्रश्न

गणितको नजिताले भने शैक्षिक गुणस्तर सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ ।

बोर्डले दिएको जानकारी अनुसार कुल परीक्षार्थीको एक तिहाइले गणितमा ई ग्रेड मात्र पाएका छन् । अरु विषयमा शिक्षकले प्रयोगात्मक नम्बर दिने व्यवस्था छ । र, यसको पूर्णांक २५ तोकिएको छ । शिक्षकले दिएको नम्बरलाई परीक्षा बोर्डले सहजै मान्यता दिनेछ ।

तर गणितमा प्रयोगात्मक नम्बर दिने व्यवस्था छैन र, १ लाख ५५ हजार ४५८ परीक्षार्थीले गणितमा ई ग्रेड मात्र ल्याएका छन् । यो संख्या कुल परीक्षार्थीको ३२.८६ प्रतिशत हुन आउँछ ।
ऐच्छिक गणितमा १७ हजार २०१ जनाले ई ग्रेड ल्याएका छन् ।

गणितबाहेक अरु अनिवार्य विषयहरुमा केही सुधार देखिएको छ । त्यस्तैगरी यो वर्ष अंग्रेजी विषयमा ई ल्याउनेको संख्या ४०७ जना रहेको छ । गत वर्ष अंग्रेजीमा ई ल्याउनेको संख्या २८५ रहेको छ । नेपालीमा ई ल्याउने ६३ जना छन् भने गत वर्ष ६१ जना रहेका थिए ।

विज्ञान विषयमा ई ग्रेड ल्याउने १ हजार ७२१ जना थिए भने गत वर्ष जम्मा ८५७ र सामाजिक अध्ययन विषयमा ई ल्याउने ३८३ जना छन् भने गत वर्ष ३ सय जना रहेका थिए ।

ऐच्छिक विषयहरुमा भने गत वर्षको भन्दा कमजोर नतिजा देखिएको छ । ऐच्छिक अर्थशास्त्रमा ५६ हजार ८७४ जनाले ई ल्याएका छन् भने गत वर्ष ५३ हजार ३३८ जनाले ई ल्याएका थिए ।

समग्रमा जीपीएमा भने सुधार भएको देखिन्छ । २०७८ सालमा ३.६ देखि ४.० जीपीए ल्याउने परीक्षार्थी कुल परीक्षार्थीको १.९४ प्रतिशत थियो भने यो वर्ष ४.६३ प्रतिशत रहेको देखिन्छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला विषयगत नतिजाको तथ्यांकले शैक्षिक गुणस्तर खस्किएको देखाउने बताउँछन् । ‘तथ्यांक अनुसार आधा भन्दा बढी विद्यार्थीको ताँतीले ग्रेड वृद्धिको परीक्षा दिनुपर्ने देखिन्छ त्यो भनेको अहिलेको नतिजा अनुसार कक्षा ११ पढ्न नपाउनु हो’ उनी भन्छन् ‘नपढेर, नपढाएर अथवा पढ्न, पढाउन नजान्दा नतिजा सुधार्न सकिएको छैन ।

तर राष्ट्रिय परीक्षा बोर्डले भने जम्मा जीपीएको संख्यामा केही सुधार आएको दाबी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ‘जम्मा जीपीएको संख्यामा सुधार आएको देखिन्छ । तर विषयगत रुपमा भने विश्लेषण गर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४