Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार आरोपमा पक्राउ परे गुप्तचरका कर्मचारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेल पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको छ । पीडितका अनुसार सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर पौडेल उनी नजिकिएका थिए ।

विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाएर नजिकिएर आफूलाई बलात्कार गरेको पीडितको जिकिर छ ।

‘सामाजिक सञ्जालमार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर मेरो दैनिक विवरण रेखदेन गर्ने र मेरो पछि लागेर विभिन्न प्रकारले प्रभावमा पारेर मेरो डेरा कोठामा २१ माघ २०७८ मा आएका थिए’, जाहेरीमा भनिएको छ, ‘त्यतिबेला मलाई झुक्याएर विवाह गर्ने भन्दै इच्छाविपरीत करणी गरेका थिए ।’

त्यसपछि पनि कुराकानी भइरहेकोमा विवाह गर्ने विषयमा आलटाल गरिरहने गरेको पीडितको भनाइ छ । कहिले परिवारसँग सल्लाह गर्छु भन्दै त कहिले आफ्नो जन्ममिति समेत दिएर लगन हेर्न लगाएको उनको भनाइ छ ।

‘पछि घरपरिवारले थाहा पाएर सम्पर्क गर्दा उनले फोन उठाएनन्, यस्तोमा उनले मसँग म्यासेन्जरबाट मात्र कुरा गर्ने गरेका थिए’, उनी भन्छिन्, ‘१६ भदौमा आमा बिरामी हुनुभएकाले उपचारका लागि काठमाडौं ल्याएको थिएँ, त्यतिबेला पनि उनले मेरो डेरा कोठामा आएर जबर्जस्ती करणी गरे ।’

प्रहरीले प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार न्यौपाने कानून व्यवसायी समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४