Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान च्यात्न सम्भव छैन, पाँच बजेपछि हाम्रो पालो आउँछ : हिक्मत कार्की


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । नेकपा एमालेले सरकार दाबी गर्दा सभामुखलाई प्रयोग गर्न नमिल्ने बताएको छ । सत्तारुढ गठबन्धनले सभामुखलाई पनि जोडेर कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरेपछि एमालेले कुनै हालतमा सभामुखको प्रयोग गर्न नमिल्ने बताएको हो ।

‘संविधान भन्दा बाहिर गएर गरेको कुराको पालना कसैले गर्छ र ? संविधान मिच्न दिन्छौं र हामी कसैलाई ?,’ एमाले संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने,‘ संविधान मिच्न पाइदैन, एमालेले संविधान मिच्न दिदैन ।

उनले सरकारमा दाबी पेश गर्दा सभामुखको प्रयोग गर्न संविधानले नै परिकल्पना नगरेको बताए । ‘सभामुखको प्रयोग गर्नै मिल्दैन, गर्ने भए संविधान च्यात्नुपर्‍यो पहिला,’ उनले फेरि भने,‘ अहिले संविधान च्यात्नका लागि उद्धव थापालाई, राजेन्द्र राईलाई अथवा इन्द्र आङ्बोलाई अधिकार छ र ? त्यो सम्भव नै छैन, सम्भव नभएको कुरामा बहस गर्न आवश्यक छैन ।

उनले संविधानको धारा १६८ को २ अनुसार एमालेले सरकारमा दाबी नगर्ने र आज बेलुका ५ बजेपछि १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुने बताए ।

बहुमतको सरकारका लागि एमालेले दाबी गर्छ कि गर्दैन भन्ने प्रश्नमा उनले बहुमतको सरकारमा दाबी नगर्ने बताए । ‘दाबी कसरी गर्नु हामीले, दाबी त बहुमत पुर्याएर गर्नु पर्‍यो आज त,’ उनले भने,‘ भरे ५ बजेपछि हाम्रो पालो आउने हो ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ नै छ । ४० सिटको एमाले प्रतिपक्षमा छ । ६ सिटको राप्रपाले उद्धव थापालाई सहयोग नगर्ने बताएको छ ।

गठबन्धन दलले सभामुखसहित ४७ पुर्‍याएर सरकार गठन गरेपनि विश्वासको मत लिँदा सभामुखले बराबरी भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् । राप्रपाले सहयोग नगरेको अवस्थामा अब बन्ने सरकार ३० दिनपछि ढल्ने जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४