Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“वानएक्स वेट”मा पक्राउ परेका कलाकार र युट्युबरलाई एक वर्ष कैद र जरिवाना माग, अनुसन्धान सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २१ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । “वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार अनुसन्धान प्रतिवेदन बुझाएको काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ३१ गते हाँस्य कलाकार र युट्युबर गरी आठ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा गोरखा घर भई हाल वनस्थली बस्ने ३५ वर्षीय हाँस्य कलाकार “बल्छी ध्रुवे” भनेर चिनिएका मरिचमान श्रेष्ठ, धनकुटा घर भई हाल भक्तपुर बस्ने २८ वर्षीय “म्याकुरी” भनेर चिनिने पवन खतिवडा, पोखरा घर भई हाल नयाँ बजार बस्ने ‘राजु मास्टर’भनेर चिनिने राजु पौडेल र उदयपुर घर भई ललितपुरको टीकाथली बस्ने युट्युबर एलिश राई पक्राउ परेका थिए ।

रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे “ढेडु बुढो” र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अर्का युट्युबर राजकुमार तामाङलाई असार ९ गते पक्राउ गरेको थियो ।

उनीहरूविरूद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा १२५ अनुसार सजायको मागदाबी गरेको छ । जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत एक वर्ष कैद र जरिवानाको मागदाबी गरेको हो । अब सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन अध्ययन गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । त्यसपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४