Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्धनको मूल्य घट्दा सार्वजनिक हुने दरभन्दा किन धेरै हुन्छ हवाई टिकटको मूल्य ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 2K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटेको नयाँ मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक भएको दर र वास्तविक हवाई टिकटको दरबीच ठूलो अन्तर हुन्छ । यस विषयलाई लिएर आम यात्रुबीच अन्यौल पनि देखिन्छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीको सबैभन्दा माथि लेखिएको छ,फ्यूल सरचार्ज । त्यसकारण यो मूल्य तोकिएको रुटमा इन्धनका लागि मात्र यात्रुले तिर्नुपर्ने मूल्य हो । यो हवाई टिकटको मूल्य होइन । हवाई टिकटको मूल्य निर्धारण गर्दा इन्धनको मूल्यसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने विमानस्थल कर (प्रतिटिकट ५ सय रुपैयाँ) जोडिन्छ । त्यसपछि वायुसेवा कम्पनीले निर्धारण गरेको हवाई भाडा टिकटमा जोडिन्छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यात्रुका लागि निर्धारित हवाई टिकटको मूल्य भनेको वायुसेवा कम्पनीले लिने हवाई भाडा, इन्धनको मूल्य र सरकारले लिने विमानस्थल करको एकमुष्ट रकम हो ।

उदाहरणका लागि काठमाडौंबाट धनगढीका लागि इन्धनको मूल्य प्रतिटिकट ६,०१० रुपैयाँ कायम गरिएको छ । यसमा वायुसेवा कम्पनीले लिन पाउने अधिकतम हवाई भाडा ८ हजार १३० रुपैयाँ जोडिन्छ । त्यसमा ५ सय रुपैयाँ विमानस्थल कर लाग्ला काठमाडौं–धनगढी रुटको हवाई भाडा १४ हजार ६४० रुपैयाँ अधिकतम पुग्छ । यो मूल्य भन्दा माथिको दरमा वायुसेवा कम्पनीले भाडा निर्धारण गर्न पाउँदैनन् । त्यसभन्दा तलको दरमा भने माग र आपूर्तिको सिद्धान्त अनुसार टिकटको मूल्य राख्ने गरिन्छ । सोहीकारण यात्रुले इन्धनको मूल्यसँगै सार्वजनिक हुने दरभन्दा माथि हवाई टिकटको मूल्य तिर्नुपर्छ ।

अधिकतम ७५० रुपैयाँसम्म घट्यो हवाई भाडा (कुन रूटमा कति ?)

नेपालमा हवाई टिकटको सन्दर्भमा हवाई इन्धनको मूल्य स्वचालित गरिएको छ । सोहीकारण नेपाल आयल निगमले इन्धनको मूल्य घटाउनासाथ फ्यूल सरचार्ज पनि घट्छ । तर, वायुसेवा कम्पनीले लिन पाउने हवाई भाडा दर भने सरकारले अधिकतम सीमा तोकदिन्छ । सोही आधारमा कम्पनीहरुले दर निर्धारण गर्छन् ।

वायुसेवा कम्पनीले कसरी तोक्छन् एयर फेयर ?

हवाई इन्धनका लागि प्राधिकरणले नै मूल्य तोकिदिएको हुन्छ । ट्रंक रुटमा प्रतिसिट प्रतिमिनेट ७२.३४ रुपैयाँका दरले मूल्य निर्धारण गरिएको छ । सोहीकारण काठमाडौं–धनगढी रुटको उडान समय ८३.०९ मिनेट मानेर ६,०१० रुपैयाँ इन्धन सरचार्ज तोकिएको हो । यसमा वायुसेवा कम्पनीले लिने हवाई भाडा भित्र सो कम्पनीले सञ्चालन खर्च (पाइलटको तलव भत्तादेखि जहाज मर्मतसम्म) राखेको हुन्छ । यसै मूल्यमा प्रतियात्रु बीमा रकम समेत जोडिएको हुन्छ । यी सबै खर्च कटाएर वायुसेवा कम्पनीले राख्ने मुनाफा समेत सोही हवाई भाडामा राखिएको हुन्छ ।

धनगढीका लागि अधिकतम १४ हजार ६४० रुपैयाँ भाडा राखिएको भएपनि यात्रुले त्यसको कम मूल्यमै टिकट किन्न पाइरहेका हुन्छन् । यस अवस्थामा वायुसेवा कम्पनीले भाडादरबाट आफ्नो मुनाफा कम गरेर मूल्य निर्धारण गर्ने गरेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार फ्यूल सरचार्ज थपघट भएपनि हवाईभाडा विगत ७ बर्षदेखि एउटै छ । परिवर्तन भएको छैन । यो अवधिमा कर्मचारी खर्च, डलरको रेट, वायुयानको सामानको मूल्य धेरै बढिसकेको भन्दै उनले विमानस्थलले लिने विभिन्न शीर्षकका दस्तुर समेत हरेक वर्ष बढिरहेको जानकारी दिए । यसले वायुसेवा कम्पनीको मुनाफा खुम्चिएको र एयरलाइन्सहरु आर्थिक संकटमा पर्ने समेत उनको तर्क छ ।

यसरी तोकिन्छ हवाई भाडा :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४