Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप फुटबलमा आज सेमिफाइनलका खेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १६ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल शनिबार हुँदैछ ।

पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन् ।

समूह ए बाट कुवेत समूह विजेता र भारत उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरेका थिए । समूह बी बाट लेबनान र बंगलादेश क्रमश समूह विजेता र उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका थिए ।

भारत साफ च्याम्पियनसिपको १३ वटा संस्करण मध्य ८ वटाको विजेता टोली हो । शनिबार लेबनानविरुद्धको खेलमा भारतीय प्रशिक्षक इगोर स्टिमक टच लाइनमा हुने छैनन् । उनलाई दुई खेलको प्रतिबन्ध लगाईएको छ ।

कुवेतविरुद्धको खेलमा खेल अधिकारीसँग बादबिबादमा उत्रिएका उनलाई रेड कार्ड देखाईएको थियो । उनले पाकिस्तानविरुद्धको खेलमा समेत रातो कार्ड खाएका थिए । सोही कारण उनले नेपालविरुद्धको खेल गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४