Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ ।

राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । जसका कारण राजस्व छली जस्तो संवेदनशील विषयमा मुद्दा दायर हुने क्रम अवरुद्धजस्तै बनेको छ ।

अस्थिरता र राजनीतिक हस्तक्षेपको शिकार बन्दै आइरहेको विभागले पछिल्ला दिनमा राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तदारुकता दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलवार राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा रहेका सहसचिव नवराज ढुंगानालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

सापकोटा पाँच महिनाअघि मात्रै विभागको महानिर्देशकको रूपमा गएका थिए । विभागमा ढेड वर्षको अवधिमा ७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४