Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता पक्षकै सांसदद्वारा पशुपतिको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । सत्तारुढ दलका सांसदहरुले पशुपतिनाथको जलहरी प्रकरणको सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति बताउनु पर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसदमा गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भगृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो । आजपनि देशका प्रमुख मिडियाहरुमा यो बारेमा प्रश्न उठेको छ । म के भन्न चाहन्छु भनेदेखि भएको के हो त्यहाँ ? कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु ।’
त्यसैगरी सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति प्रश्न पनि उठाउनु भयो ।

सांसद पौडेलले भन्नुभयो – ‘केही दिन अगाडी यही सदनमा एकजना माननीयज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो बिचारमा यसबाट संसदले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ । भ्रष्टाचार कहीँ पनि हुनु हुँदैन । धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिदा संसार सामु हाम्रो शिर निहुरिएको छ । यसले केही प्रश्नहरु उठाएका छन् । यस्ता विषयमा तत्कालिन सरकारले गरेजस्तै गरी अब निर्णय गर्न पाइने कि नपाइने ? उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानविन किन गर्‍यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनको सन्दर्भमा थुप्रै विषयहरु जोडिएका छन् र ति व्यापक रुपमा टिकाटिप्पणीका विषय बनेका छन् । यो गम्भिर विषय छानविनका निम्ति सदनले एउटा समिति बनाओस् । यसको पूर्ण र निष्पक्ष छानविन हुने स्थिति निर्माण होस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४