Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लक्ष्मी आवासीय मा. वि मा अभिभावक तथा शिक्षक अभिमुखीकरण कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 4.3K
    SHARES

पोखरा । न्युरोड –८ स्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयले ‘बालबालिका शिक्षा चौतर्फी विकास र हाम्रो भुमिका’ तथा अभिभावकमुखीकरण कार्यक्रम थ्रि स्टार टिचर एजुकेशन सेन्टरको सहकार्यमा समापन गरेको छ ।

बालबालिकाको सिप तथा क्षमता विकासको लागी व्यवहारी शिक्षामा जोड दिने कार्यक्रममा अभिभावक जागरण साथै पुरानो शिक्षा प्रणाली अनुसार नभई एक्काईसौ शताब्दि अनुसारको शिक्षा दिईने उद्देश्यले कार्यक्रम संचालन भएको हो ।

लक्ष्मी आवसिय माध्यमिक विद्यालयको शिक्षालाई गुणस्तर बनाउने र दुई वर्ष भित्र विद्यालयलाई उत्कृष्ट बनाउने उद्देश्य राखेको विद्यालयका प्रचार्य डा. विश्व युधिर पौडेलले बताए । उनले पुर्व प्राथमिक तहको शैक्षिक पद्धति परिवर्तन गर्ने र बालबालिकाहरुलाई बोझ नहुने तरिकाले खेलको माध्यमबाटनै शिक्षा प्रदान गर्ने बताए साथै नया पद्धतिको शैक्षिक विधि, नयाँ सिकाई, न्युनतम शुल्कमा शिक्षा दिने र काठमाडौंका महंगो विद्यालय सरहको शिक्षा दिने उद्देश्य रहेको पनि बताए ।

अबको बालबालीकालाई घोकन्ते विद्यालयले काम नगर्ने र हामीले हिजो सिकेका शिक्षा सिकाउनु अपराध हो । बालबालीकाको चौतर्फी विकासका लागी भोलीको शिक्षाको आवश्यकता पर्ने र भोलीको शिक्षा दिनको लागी तयार रहेको विद्यालयका प्राचार्य पौडेलले जानकारी दिए ।

लगभग सय जना अविभावक उपस्थिति रहेको उक्त कार्यक्रममा प्रि. प्राइमरी तहबाट सुरुवात गरि हातोमाले गर्दै अगाडी बढ्ने र अविभावकहरुसंग सहकार्य गर्दै शिक्षाको गुणस्तरलाई अगाडी बढाउने पनि जनाएको छ ।

कार्यक्रममा उपस्थित भएका केही अभिभाकहरु बोल्दै, कार्यक्रमले बालबालीकाहरु प्रति राम्रो सिक दिएको र बालबच्चाहरुलाई कसरी क्षमता वृद्धि विकास गराउने भन्ने बारे चेतनाको अभिवृद्धि रहेको कुरा बताएका छन् र विद्यालयका यस्ता कार्यक्रमहरुबाट अभिभावकहरुले बालबालिको सिकाइमा आफ्नो अह्म भुमिकाका बारेमा बुझ्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै विद्यालयको अझ प्रगतीको कामना गर्दै कार्यक्रम समापन गरेको हो ।

कार्यक्रमका संचालक थ्रि स्टार टिचर एजुकेशन सेन्टरका म्यानेजर प्रदिप पराजुलीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४