Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्छौं : सञ्चारमन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ८ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले निरन्तर काम गरिरहेको बताएकी छन् ।

‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा बोल्दै सञ्‍चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् ।

सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने उनले बताइन् । ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।

सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन आवश्यक नीति बनाउने काम भइरहेको जानकारी उनले दिइन्।

सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्। ‘मन्त्रालय मात्र नभएर सरकारले मन्त्रीपरिषदमा पनि छलफल गरिरहेका छौं, उनले भनिन्,अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन भएको उनले बताइन्। उनले भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।

सूचना प्रविधिबाट हुन सक्ने दुरूपयोग रोक्न मन्त्रालय सचेत रहेको र सरकारले डिजिटल साक्षरतामा काम गर्न खोजिरहेको उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४