Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेश मन्त्रालयमा राखियो ग्रेटर नेपालको नक्सा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०८०
  • 2.3K
    SHARES

काठमाडौँ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

छिमेकी मुलुक भारतले आफ्नो नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसमेत समेटिएको ‘अखण्ड भारत’ नामक नक्सा राखेपछि त्यसको प्रतिवादमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्य कक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

त्यसयता नेपालका सरकारी कार्यालयहरु तथा आम सर्वसाधारणले समेत ग्रेटर नेपालको नक्सा राख्न थालेका छन् । पूर्वमा टिस्टा नदी र पश्चिममा सतलज पारिको काँगडासम्म समेटिएको उक्त नक्सा अहिले सरकारी कार्यालयहरुमा राख्न थालिएको हो ।

मेयर बालेनले गरेको राम्रो कामको अनुशरण सबैले गर्नुपर्ने भन्दै मन्त्री दुलालले ग्रटेश नेपालको नक्सा राखेको बताएका छन् ।

भारतले नेपालको भूमि मिच्न खोजेकोले अहिलेसम्म भारतले हडपेको भूमि फिर्ता गर्नुपर्ने सन्देश दिन आफूले पनि ग्रेटर नेपालको नक्सा राखेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४