Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज विश्व योग दिवस : नेपालमा पनि योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ६ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । आज नवौं अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि योग तथा योगबाट हुने फाइदाका विषयमा जनचेतनामूलक कार्यक्रमहरु गरी यो दिवस मनाईदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन शुरु गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा राष्ट्रसंघ महासभाले जुन २१ लाई विश्व योग दिवस घोषणा गरेको थियो ।

यस अवसरमा नेपालका विभिन्न स्थानमा बुधबार योगाभ्यास कार्यक्रमहरु आयोजना गरिएका छन् । राजधानीमा आयोजित योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले योगबाट शारीरिक तन्दुरुस्ती मात्रै नभए मानसिक शान्ति पनि प्राप्त गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।

काठमाडौंस्थित भारतीय दूतावासले भने यस पटक पोखरा रङ्गशालामा योग दिवस कार्यक्रम आयोजना गरेको छ । राष्ट्रसंघको आह्वानमा नौ वर्ष अघि विश्व योग दिवस मनाउन थालिए पनि नेपालमा भने वि.सं २०३६ सालदेखि नै हरेक वर्ष माघ १ गते योग दिवस मनाउने गरिएको छ ।

सूर्य उत्तरायण हुने दिनको अवसर पारेर माघ १ गते योग दिवस मनाउन थालिएको थियो । नेपाल सरकारले २०७२ सालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

मानव स्वास्थ्यका लागि योग र ध्यानको विशेष महत्व रहने भएकाले अहिले विश्वभर नै योग र ध्यान गर्ने प्रचलन ब्यापक बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४