Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार आधार, जसले सचिव पाण्डेलाई थुनामा पुर्‍याए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आरोपपत्र र त्यसका साथमा पेश भएका चारवटा प्रारम्भिक प्रमाणलाई आधार मानेर सचिव टेकनारायण पाण्डे घटनामा संलग्न भएको औंल्याएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले उनी घटनामा संलग्न भएको आधारहरु औल्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आदेश अनुसार, टेकनारायण पाण्डे गृहसचिव थिए । ३१ डिसेम्बर २०१६ मा नै संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला उच्चायुक्तको कार्यालयले शरणार्थीहरुलाई तेस्रो मुलुकमा लैजाने काम बन्द भएको सूचना निकालेको थियो ।

त्यसपछि संयुक्त प्रमाणीकरण टोलीले प्रमाणीकरण गरेका ४२९ जनाको नाम समेत विवादित भएको भनी औंल्याएको थियो । त्यस्तो अवस्थामा सचिवस्तरीय निर्णयबाट फेरि छुट शरणार्थीको विवरण पेश गर्न कार्यदल गठन गरेको कामलाई जिल्ला अदालतले सही ठम्याएन । उसले कार्यदलको म्याद थप भएपछि थपिएको कार्यादेशमाथि समेत प्रश्न उठाएको छ ।

जिल्ला अदालतले सचिव पाण्डेको संलग्नता देखाएको अर्को महत्वपूर्ण आधार नक्कली प्रतिवेदन हो । पाण्डे सचिव भएको बेलामा नै मन्त्रिपरिषदको सामाजिक समितिमा रहेको प्रतिवेदनसँग मिल्ने अर्को नक्कली समानान्तर प्रतिवेदन तयार भएको भन्दै आदेशमा प्रतिवेदनमा सम्बन्धमा उनको अस्वभाविक चासोलाई इजलासले ‘नोटिस’मा लिएको छ ।

आदेशमा भनिएको छ, ‘निजले ४÷५ दिनसम्म प्रतिवेदन राखेको भन्ने यन्तोष प्रधानले कागज गरेको देखिन्छ ।’ अदालतले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकको कागज देखिएको भन्दै सचिवलाई प्रतिवेदन साटफेरको घटनामा संलग्न भएको निष्कर्ष निकालेको हो ।

घटनाका योजनाकार मानिएको केशवप्रसाद दुलालले सचिव टेकनारायण पाण्डेलाई फोन गरेका थिए । जाहेरीकर्तामध्येका एक प्रेमराज पन्थी सँगै हुँदा मोबाइल लाउडस्पिकरमा राखेर फोन सम्बाद भएको थियो । त्यतिबेला सचिव पाण्डेले ‘जसरी भए पनि काम गरिदिन्छु’ भनी बोलेको कुरालाई अदालतले प्रमाण मानेको छ ।

सबैभन्दा महत्वपूर्ण प्रमाण केशव दुलाल र सचिव पाण्डेबीचको च्याट संवाद नै हो । उनीहरुले त्यसमा गिफ्टदेखि सामानसम्म लेनदेन गर्ने कुराकानी गरेका थिए । विभिन्न आधारमा ‘यी आरोपित कसुरमा संलग्न रहेको भन्ने देखियो’ भन्दै न्यायाधीश न्यौपानेले पाण्डेलाई थुनामा पठाउन आदेश गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४